काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र सरकारका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ।
सोमबार काठमाडौँको माइतीघर मण्डलामा अलायन्सका सदस्यहरूले आँखामा कालो पट्टी बाँधेर मौन विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकारलाई दबाब दिने उद्देश्यले यस प्रदर्शनको आयोजना गरेका हुन्।
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा गरिएको नियुक्ति खारेज गरियोसजस्ता अलायन्सले राखेका मुख्य मागहरू छन् ।
अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हामीसँग गरेको सहमतिको बर्खिलाप गर्दै अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना नजिकका व्यक्तिहरूलाई नियुक्ति दिनु घोर आपत्तिजनक छ।
राज्यका निकायहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउनु जनता र जेनजी जनआन्दोलनमाथिको कुठाराघात हो।”








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री