काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले राजनीतिक संघर्ष भने निरन्तर जारी रहने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले संसदीय वा पदको राजनीतिबाट टाढा रहने तर राजनीतिबाट पूर्ण रूपमा अलग नहुने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “संसदीय राजनीतिबाट सन्यास लिने, तर संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउनेछु।”
राउतले आफू सार्वजनिक रूपमा स्पष्ट पार्न चाहेको भन्दै संसदीय पदको राजनीतिबाट टाढा रहने निर्णय गरेको बताएका छन्। तर यसलाई राजनीतिबाट बीचमै गायब भएको अर्थ नलगाउन आग्रह गरेका छन्।
उनका अनुसार उनी आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै जनताको सेवामा सक्रिय रहनेछन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री