काठमाडौँ : नयाँ सरकार गठनको तयारी तीव्र भइरहेका बेला बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा राखिने लगभग निश्चित भएको छ।
स्रोतका अनुसार, शाहले यसै साता प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रारम्भिक चरणमा प्रधानमन्त्रीसहित करिब १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको छ।
सरकार गठनका विषयमा रवि लामिछाने, स्वर्णिम वाग्ले र शाहबीच निरन्तर छलफल भइरहेको बताइएको छ।
नयाँ सरकारमा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सुनिल लम्शाल नियुक्त हुने सम्भावना रहेको छ।
यसअघि रक्षा मन्त्रालयका लागि छुट्टै मन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि यसपटक प्रधानमन्त्री स्वयंले उक्त जिम्मेवारी सम्हाल्ने तयारी गरिएको हो। नेपालमा विगतमा पनि गिरिजाप्रसाद कोइराला ले रक्षा मन्त्रालय आफ्नै मातहतमा राखेको उदाहरण रहेको छ।
नयाँ सरकारको संरचना, शक्ति सन्तुलन र प्राथमिकताबारे अझै अन्तिम निर्णय हुन बाँकी रहेको भए पनि रक्षा मन्त्रालय प्रधानमन्त्रीकै हातमा रहने संकेतलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री