काठमाडौं : संविधानविद् भिमार्जुन आचार्य ले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक गरिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आचार्यले प्रतिवेदनको कडा आलोचना गरेका हुन्। उनले आयोगको प्रतिवेदनलाई ‘गाईको बारेमा निबन्ध लेख्न भनिएकोमा चार खुट्टा मिल्छ भनेर गधाको निबन्ध लेखेजस्तो’ भएको टिप्पणी गरेका छन्।
उनका अनुसार भदौ २३ र २४ का संवेदनशील घटना र सम्भावित देशद्रोहजस्ता गम्भीर विषयलाई प्रतिवेदनले विषयान्तर गर्दै ‘केही पनि नभएको’ जस्तो देखाउने प्रयास गरेको छ।
आचार्यले घटनाका योजनाकार र संलग्न व्यक्तिहरूको चाहना अनुरूप नै प्रतिवेदन तयार भएको दाबी गरेका छन्। उनले राज्य संयन्त्रप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्, “देश अझै देशजस्तो हुन सकेन।
जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवकजस्ता देखिए।”
उनको यस टिप्पणीले प्रतिवेदनको विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री