काे हुन् प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियार ?
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नाे निजी सचिवमा सहसचिव प्रदीप परियारलाई नियुक्त गर्ने तयारी गरेका छन्।
हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत परियारलाई प्रधानमन्त्रीको सचिवालयमा ल्याउन लागिएको हो।
परियार यसअघि बालेन काठमाडौं महानगरपालिकाका मेयर हुँदा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए।
सोही कार्यकालमा उनी र शाहबीच कार्यसम्पादनका आधारमा निकट सहकार्य भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको भए पनि अदालतबाट उनले सफाइ पाइसकेका छन्। त्यसपछि उनी पुनः सरकारी सेवामै सक्रिय छन्।
नेपाल सरकारमा प्रधानमन्त्रीका निजी सचिवका रूपमा सहसचिव रहने अभ्यासअनुसार परियारलाई उक्त जिम्मेवारी दिन लागिएको हो। उनी युवा सहसचिवमध्येमा पर्ने अधिकारी हुन्।
यसैबीच, प्रधानमन्त्री शाहले आफ्नो सचिवालयमा कुमार व्यञ्जनकार, असिम शाह, सुदीप ढकाल, सुवास शर्मा र विवेक मिश्रलगायतलाई समेत नियुक्त गरिसकेका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री