काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता ओम प्रकाश पुनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति कडा प्रतिक्रिया जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त गिरफ्तारीलाई “कथित लोकतन्त्रको उपहास र फाँसीवादी कदम” को संज्ञा दिएका छन्। पुनले वर्तमान सरकारलाई “इण्डो–अमेरिकी प्रभावमा चलेको राष्ट्रघाती” भन्दै यसको कदमले देशलाई थप संकटतर्फ धकेल्ने दाबी गरे।
उनले आफूले पटक पटक रास्वपाकाे काम गर्ने शैलीप्रति लेख्दै आएकाे उल्लेख गर्दै विगतमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) सँग आवद्ध रहँदा ११ महिना जेल बसेको समेत स्मरण गरेका छन्। दुई तिहाइको तत्कालीन सरकारका पालामा आफूजस्ता सयौं कार्यकर्तामाथि दमन भएको उनको भनाइ छ।
पुनले सर्लाहीमा युवा नेता कुमार पौडेलको हत्या प्रकरण उल्लेख गर्दै त्यसबेला सत्तामा रहेका खड्ग प्रसाद शर्मा ओली, पुष्पकमल दाहाल लगायत नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले उक्त घटनामा थोरै नेताबाहेक अरूले आवाज उठाउन नसकेको आरोप लगाए।
त्यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई “विदेशी प्रभावमा चलेको दल” भन्दै आलोचना गरेका छन्। उक्त पार्टीप्रति नरम नीति अपनाउँदा राष्ट्रलाई क्षति पुगेको उनको भनाइ छ।
पुनले वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै “कम्युनिस्ट आन्दोलन जोगाउन र राष्ट्रलाई निकास दिन राष्ट्रिय स्वाधीनतासहितको नयाँ आन्दोलन आवश्यक रहेको” बताएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी