काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिना श्रम शिविर सञ्चालन गर्ने भएको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय संयोजन समिति बैठकले असार र साउन दुई महिना श्रम शिविर सञ्चालन गर्नुका साथै सदस्यता नवीकरण र विस्तार गर्ने गर्ने निर्णय गरेको हो।
जेठ मसान्तसम्ममा सङ्घ, प्रदेश, पालिका, वडा र जनसङ्गठनको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने, असार र साउनसम्म श्रम शिविर सञ्चालन, सदस्यता नवीकरण र विस्तार गर्ने, भदौ १५ सम्म वडा अधिवेशन गरिसक्ने कार्यतालिका बनाएको छ।
भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला कात्तिक १५ प्रदेश अधिवेशन र मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री