काठमाडौं । आफैंले बोलाएको संसदको बजेट अधिवेशन स्थगित गरेको सरकारले दुई अध्यादेश ल्याउने तयारी गरेको छ।
सोही अनुसार सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए। तर, वैशाख १० गते सरकारकै सिफारिसमा राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए।
सोमबारको मन्त्रिपरिषद् बैठकले सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। सो अनुसार ती अध्यादेश आज राष्ट्रपति कार्यालय पुगेको हो।
अहिले राष्ट्रपति कार्यालयले सरकारले सिफारिस गरेका दुई अध्यादेशका बारेमा अध्ययन गरिरहेको बताइएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री