काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीका संयोजक प्रचण्ड को अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
पारित कार्यतालिकाअनुसार महाधिवेशनको तयारीका लागि असार र साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ। तल्लो तहदेखि नै सांगठनिक सुदृढीकरण गर्ने लक्ष्यसहित भदौ १५ गतेभित्र वडा तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरिएको छ।
यी सबै प्रक्रिया पूरा भएपछि मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा भव्य रूपमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने ज्वालाले जानकारी दिएका छन्।










नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री