काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को “नेपाल हाँसेको हेर्न चाहन्छु” भन्ने नारामाथि कटाक्ष गरेका छन्।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले बागमती किनारबाट विस्थापित नागरिकको अवस्थालाई उल्लेख गर्दै यस्तो नारा व्यवहारसँग मेल नखाने बताए। “बागमती किनारमा बगिरहेका आँसुले नेपाल हाँसेको देखिन्छ कि रोइरहेको ? ” भन्दै उनले प्रश्न गरे।
ज्ञवालीले सुकुमबासी बस्ती हटाउँदा सरकार असंवेदनशील देखिएको आरोप लगाउँदै आवास, खाद्य, रोजगारी र स्वच्छ वातावरणजस्ता मौलिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले विकास मानवकेन्द्रित हुनुपर्ने बताए।
साथै, सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले लोकतान्त्रिक अधिकार संकुचन, मिडिया नियन्त्रण र अध्यादेशमार्फत कानुन ल्याउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
ज्येष्ठ नागरिकको अनुभव अभिलेख गर्न ‘अनुभव बैंक’ बनाउँदै सरकार
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको खोजी, सात दिनभित्र विवरण बुझाउन निर्देशन