काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले दलहरुले दिएको सल्लाह अनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले सो सुझाव दिए। आफ्नो मात्र कुरा राखेर, आफ्नै मात्र विचार राखेर सरकारको नीति तथा कार्यक्रम पूर्ण नहुने भन्दै उनले अरुको सल्लाहको सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी हतारमा वस्ती भत्काउनु गलत भएको बताउँदै उनले भने, “किरा फट्याङ्ग्रा, चराचुरुङी सबैलाई बास बस्न घर चाहिन्छ । सुकुम्बासी त मानव हुन्, उनीहरुको बासस्थान भत्काउँदा उनीहरुलाई दुस्ख लाग्दैन रु विकल्प दिएर वस्ती भत्काउनुपथ्र्यो । मानवतालाई केन्द्रमा राख्नुपर्छ ।”
गरिबलाई हेप्न नहुने बताउँदै सांसद राईले गरिब जनताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराए । संसद बैठकमा एकले अर्काको सम्मान गर्न आवश्यक रहेको बताउँदै उनले संसदीय मर्यादाको ख्याल गर्न सांसदहरुलाई सुझाव दिए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री