सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सरकार नसुध्रिए सदन र सडकबाट आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ ।
प्रेस सेन्टर नेपाल सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले देशको राजनीति असहज दिशातर्फ गएको बताए । निर्वाचन सम्पन्न भई नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको उनको भनाइ छ ।
सुकुम्वासी, विद्यार्थी तथा ट्रेड युनियनसम्बन्धी समस्या समाधान नभएको उनको भनाइ छ । “यी विषय अहिले पनि गम्भीर समस्याका रूपमा रहेका छन्,” उनले भने ।”
संविधान संशोधनका लागि सरकारले तयार पारिरहेको बहसपत्र पारदर्शी नभएको प्रचण्डको भनाइ छ । अध्यादेशमार्फत सरकारले अस्वाभाविक ढंगले काम गरिरहेको उनको आरोप छ ।
“झण्डै दुईतिहाइको सरकारबाट जनताले राम्रो कामको अपेक्षा गरेका थिए । सुरुमा सरकारले १०० दिने कार्ययोजना सार्वजनिक गर्दा आशा जागेको थियो । तर, पछि सरकार संसद्लाई छल्दै अघि बढ्न खोजीरहेको देखियो,” उनले भने, “सरकारका सकारात्मक काममा सहयोग गर्ने र दिएका सुझावलाई बेवास्ता गरिए त्यही तरिकाले अगाडि बढ्ने हाम्रो योजना छ ।”
फरक प्रसंगमा उनले पार्टीको महाधिवेशनबाट नयाँ पार्टी निर्माण गर्ने निर्णय भएको जानकारी दिँदै वामपन्थी एकताको विषयलाई पनि अघि बढाइएको बताए । तर, तत्कालै एकता हुने अवस्था भने नरहेको उनको भनाइ छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी