काठमाडौं । कर्णालीको माटो, वेदना र यथार्थलाई रंगमञ्चमा उतारिएको नाटक ‘अछेता’ यही जेठ १ गते (गत शुक्रबार) देखि बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ ।
कला घरको प्रस्तुतिमा लेखक तथा निर्देशक गोविन्द सुनारले तयार पारेको यो नाटकले जात व्यवस्था, धार्मिक उत्पीडन, अन्धविश्वास र राज्यको बेवास्ताबीच बाँचिरहेका मानिसहरूको संघर्षको कथालाई प्रस्तुत गरेको छ ।
नाटकको केन्द्रमा छन् – दल कामी, जो एक दलित शिल्पकार तथा धामी, जसले आफ्नै हातले देवताको मूर्ति बनाउँछ, तर त्यही मन्दिरभित्र प्रवेश गर्न पाउँदैन । कला र देवत्व खोज्दै जीवन बिताइरहेका दलको संसार तब झन् विथोलिन्छ, जब उसका नवजात शिशु गम्भीर बिरामी पर्छ । गाउँमा न उपचारको व्यवस्था छ, न राज्यको साथ ।

त्यसपछि दल र उसकी पत्नी गीता विश्वास, धर्म र समाजबीच उत्तर खोज्दै भौतारिन्छन् । अन्ततः उनीहरूको भरोसा त्यही ढोकामा पुगेर टुट्छ, जहाँ दलले आफ्नै हातले बनाएको देवताको अगाडि उभिन समेत पाउँदैन ।
‘अछेता’ केवल एउटा परिवारको कथा होइन, बहिष्कार, विभेद र असमानताको भार बोकेर बाँचिरहेका समुदायहरूको सामूहिक आवाजको नाटक हो ।

जेठ २५ गतेसम्म मञ्चन हुने यो नाटकमा कलाकारहरु झकेन बी.सी., सुस्मिता कुँवर, सुवाश खत्री, केशव रोकाया, दिपेश खत्री, दानराज न्यौपाने, जुनमाया परियार, गोमा खत्री, आरती बुढा, अप्सरा के.सी., जमुना शाही, कल्पना मल्ल र शिवानी परियारको अभिनय रहेको छ ।

यो नाटक मंगलबार बाहेक हरेक साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
भोटेकोशी त्रासदी : भोग्न विवश सभ्यताहरू