काठमाडौं । गायिका विमला परियारको स्वरमा रहेको गीत ‘फाटेको मन’ सार्वजनिक भएको छ । सन्तोष प्रगाढको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीत ‘फाटेको मन’ गायिका विमला परियारकै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
‘फाटेको मन’ गीतको भिडियोमा गायिका विमला परियारकै फिचरिङ रहेको छ । कृष्णराज भण्डारीको निर्देशन रहेको ‘फाटेको मन’ गीतको भिडियोमा श्रद्धा दियालीको सहायक निर्देशन रहेको छ । अमित विकको छायाँकन रहेको यस गीतको भिडियोलाई राजेश अनुरागीले सम्पादन गरेका छन् ।
मायाप्रेमभित्रको मिलन र बिछोडको भावलाई ‘फाटेको मन’ गीतभित्र समावेश गरिएको छ । गायिका विमला परियार गीतसंगीत क्षेत्रमा एकदशक भन्दा लामो समयदेखि क्रियाशील रहँदै आएकी छन् । संगीतमा नै साधना गरिरहेकी गायिका परियारको स्वरमा यो मन दुखेको लोकगीत पनि सार्वजनिक छ । परियारका एक दर्जनभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।
‘फाटेको मन’ गीतलाई उनले आफ्ना श्रीमान विक्रम परियारप्रति समर्पित गरेकी छन् । स्थानीय चुनावको सिलसिलामा गृहजिल्ला तनहुँमा जाँदा बैशाख ३१ गतेकै दिन स्व।विक्रम परियारलाई ढुंगाले हानेर हत्या गरिएका थियो । श्रीमान गुमाउनु परेको पीडालाई गीतमा समर्पित गर्दै उनले बैशाख ३१ गतेका दिन गीत सार्वजनिक गरेकी हुन् ।
भिडिओ हेर्नुहोस :








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण