काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई बिना कसुर पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी छन् ।
सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले रिसेड्युल एसेट र लेक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानून तथा बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सिईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानुनको मर्मविपरित रहेको भन्दै निन्दा गरे ।
उनले बचतकर्ताको निक्षेप परिचालन गर्ने बैंक नेतृत्वलाई नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको सम्पत्ति कसको हो ? भन्ने प्रश्नकै आधारमा पक्राउ गर्नु गैरकानूनी भएको बताए । उनले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाए ।
उनले भने ‘केही दिनअघि इनभेस्टमेन्ट मेघा बैंकको सिईओलाई प्रहरीले समात्यो । आरोप के छ भने लेक्वोडेसनमा गएको रिसेड्युल एसेट कसको हो भनेर सिईओले भन्नुपर्ने । तर बैंक र प्रचलित कानुनको हिसाबले के भन्छ भन्ने कुराको हेक्का नभईकन जनता र बचतकर्ताको ऋण प्रवाह गर्ने सिईओ र त्यसको संरक्षण गर्ने सिईओलाई सम्पत्ति कसको हो र प्राथमिकता कसको हुन्छ भनेर कुरिबस्नुपर्छ जस्ता आक्षेप र लञ्छानाले बैंक का सिईओ समात्ने र निजी क्षेत्रलाई आतंकित गर्ने, काम गर्न नदिने जे आतंक सरकारले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा गरिरहेको छ यो निन्दनीय छ । त्रसाएर शासन गर्ने दिन ढिलो चाँडो जान्छ । त्यसैले यसमा ध्यान दिएर सरकारले प्रचलित कानुनको हेक्का राखोस् ।’
उनले प्रचलित कानुनको हेक्का राख्न समेत सरकारलाई चेतावनी दिए ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी