बाजुरा। मुगु जिल्लाको खत्याड गाउँपालिका–८ आपस्थित सरस्वती आधारभूत विद्यालय का विद्यार्थीहरूलाई ट्र्याकसुट र विद्यालय झोला वितरण गरिएको छ।
बाबुलवासुर टिभीका सञ्चालक तथा निर्देशक नारायण दत्त उपाध्यायको समन्वयमा, सामाजिक सेवामा सक्रिय श्याम फुलुमाया हस्तकला उद्योगद्वारा सञ्चालित श्याम फुलुमाया फाउन्डेसनका सञ्चालक श्याम मङ्गराती तथा “भोकालाई भोजन, प्यासीलाई पानी” अभियान सञ्चालन गर्दै आएका जय महाकाल युवा समूहका संरक्षक आशिषराज पाण्डेको पहलमा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई एक–एक जोर ट्र्याकसुट र विद्यालय झोला हस्तान्तरण गरिएको बाबुलवासुर टिभीका सञ्चालक तथा निर्देशक नारायण दत्त उपाध्यायले जानकारी दिए।
आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको पढाइप्रति थप उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिएको छ।
सानो सहयोगले पनि बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा कार्यक्रमका सहभागीहरूले राखेका थिए।
सहयोगी दाता आशिषराज पाण्डेले शिक्षा क्षेत्रको विकास र दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक पहुँच सुदृढ बनाउन यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय अभिभावक तथा विद्यालय परिवारले सहयोगी संस्थाहरू र व्यक्तिप्रति आभार व्यक्त गर्दै यस्ता पहलले दुर्गम क्षेत्रका विद्यार्थीहरूमा नयाँ ऊर्जा र प्रेरणा थप्ने विश्वास व्यक्त गरेका छन्।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा