दार्चुला । सरकारले महाकाली कोरिडोरमा आगामी आर्थिक वर्षका लागि सरकारले ३९ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाकालाई जोड्ने करिडोरको थप निर्माण गर्न उत्तः बजेट विनियोजन गरिएको हो ।
यसवर्ष कोरिडोरमा २२ करोड ९७ लाख रुपैयाँ विनियोजन भएकामा गत चैतमा १५ करोड रुपैयाँ थप भएको थियो। कोरिडोरको हालसम्म २८७.५ किलोमिटर ट्र्याक खुलिसकेको छ ।
कोरिडोर न्तर्गत ४७ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । कोरिडोरको कुल लम्बाइ ४१३ किलोमिटर रहेकामा दार्चुलास्थित तुसारपानीदेखि चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाकासम्मको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले १९ किलोमिटर सडकको ट्र्याक खोलेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने