काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिएको छ ।
उनका दाजु मदन नेपालीले प्रहरी वृत्त, कालीमाटीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जाहेरी परेको बताए । उनले भने,‘ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । अब हामी अनुसन्धान अगाडि बढाउँछौं ।’
महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि असार २५ गते सडकमै आत्मदाह गरेका गणेशको उपचारको क्रममा भोलिपल्ट वीर अस्पतालमा निधन भएको थियो । सरकार र उनको परिवारबीच हिजो घटनामा संलग्नमाथि कारबाहीसहित ९ बुँदे सहमति भएको छ ।
मृतककी श्रीमती एकमायालाई सरकारले हिजो नागरिकता प्रदान गरेको छ भने हिजोको सहमतिअनुसार महानगर पालिकाले जागिर पनि उपलब्ध गराउने छ ।
जनआस्थाबाट








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने