धनगढी । खिर खाने दिनको विशेष अवसर पारेर साउन १५ गते सार्वजनिक गरिएको देउडा गित ‘मन जलि’ काे दर्शकबाट सकारात्मक प्रतिक्रिया आएकाे छ।
चर्चित गायक दिनेश साउँद र गौरी भट्टको गायन रहेकाे उक्त गीत सुदूर धमाका प्रोडक्सन हाउसले निर्माण गरेकाे हाे ।
गित सार्वजनिक भयकाे छाेटाे समयमै देउडा संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाे निर्माण पक्षले जनाएको छ।
गीतको निर्देशन लोकप्रिय गायक तथा मोडल गणेश साउँद जिसीले गरेका हुन्। गीतको भिडियोमा सपना भण्डारी र सुरेश साउदको आकर्षक अभिनय रहेको छ। सुदूरपश्चिमको मौलिक संस्कृति, प्रेम र भावनालाई समेटेर तयार गरिएको गीतका शब्द तथा संगीतले दर्शक–श्रोताको मन छुने विश्वास निर्माण पक्षको छ।
मार्मिक शब्द, मिठासपूर्ण प्रस्तुति र मौलिक देउडा लयले सजिएको ‘मन जलि’ विशेषगरी सुदूरपश्चिमका देउडा पारखीहरूको रोजाइ बन्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ।
मौलिक कला, संस्कृति तथा देउडा संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस गीतले नेपाली लोकसंगीतको समृद्धिमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
भिडियो :








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण