काठमाडौं । लामो समयदेखि आन्तरिक मतभेदमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अन्ततः विभाजनको चरणमा पुगेको छ । पार्टीका दुई अध्यक्ष परिषद् सदस्य दुर्गा सोब र सन्तोष परियारले अब आ–आफ्नै राजनीतिक बाटोमा अघि बढ्ने सहमति गरेका छन् ।
दुवै नेताबीच बिहीबार भएको छलफलपछि छुट्टाछुट्टै दलमार्फत राजनीतिक गतिविधि सञ्चालन गर्ने समझदारी बनेको हो । यससँगै प्रलोपाभित्र देखिएको विवाद औपचारिक रूपमा विभाजनतर्फ उन्मुख भएको छ ।
विवादको मुख्य कारण पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अध्यक्ष परिषद् सदस्य सन्तोष परियार पक्षले संरक्षक पदबाट हटाउने निर्णय बनेको थियो। उक्त निर्णयप्रति भट्टराई पक्ष असन्तुष्ट रहँदै आएको थियो ।
यद्यपि परियारले भने भट्टराई आफैं स्वतन्त्र रूपमा राजनीतिक भूमिका निर्वाह गर्न चाहेकाले संरक्षक पदबाट हटाइएको दाबी गर्दै आएका छन् ।
पार्टी विभाजनसँगै बाबुराम भट्टराई निकट अध्यक्ष परिषद् सदस्य दुर्गा सोबले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः ब्युँताउने तयारी गरेकी छन् । अब प्रलोपाका नेता तथा कार्यकर्ता प्रलोपा र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गरी दुई दलमा विभाजित हुने भएका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री