काठमाडौं । संघीय संसदको बैठकलाई थप मर्यादित र अनुशासित बनाउन सभामुख डोलप्रसाद अर्यालले सांसदका लागि नयाँ आचारसंहिता लागू गर्ने तयारी गरेका छन् ।
अब संसद बैठकमा कालो चश्मा लगाउन नपाइने, मर्यादित पोशाकसहित लोगो अनिवार्य लगाउनुपर्ने र बैठक चलिरहँदा अत्यावश्यक अवस्थाबाहेक बाहिर निस्किन नपाइने व्यवस्था गरिने भएको छ ।
बुधबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख अर्यालले सबै दललाई आफ्ना सांसदलाई नयाँ व्यवस्था कार्यान्वयनका लागि तयारी गराउन निर्देशन दिएका हुन् । बैठकमा कालो चश्मा लगाएर उपस्थित भए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकालिने चेतावनीसमेत दिइएको छ ।
उपसभामुख रुबीकुमारी ठाकुरका अनुसार प्रतिनिधिसभाको नयाँ भवनमा प्रवेश गरेपछि यी नियम कडाइका साथ लागू हुनेछन् । उनले मर्यादित पोशाक, कोट र लोगो नलगाई वा कालो चश्मा लगाएर आउने सांसदलाई प्रवेशद्वारबाटै रोक्ने तयारी गरिएको जानकारी दिइन् ।
सभामुख अर्यालले संसद बैठकका क्रममा सांसदहरू बारम्बार बाहिरिने प्रवृत्तिमा पनि असन्तुष्टि जनाएका छन् । उनका अनुसार अब बैठक चलिरहेका बेला वासरुम, चिया–कफी, खाजा वा अत्यावश्यक फोनबाहेक अन्य कारणले बाहिर जान नपाइने सहमति भएको छ ।
स्वास्थ्य अवस्थाका कारण कालो चश्मा अनिवार्य प्रयोग गर्नुपर्ने सांसदले भने चिकित्सकको सिफारिससहित मेडिकल प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिने सभामुख सचिवालयले जनाएको छ ।
संसद सचिवालयको अभिलेखअनुसार हालसम्म प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्सालसहित केही मन्त्री र सांसदहरू बैठकमा कालो चश्मा लगाएर उपस्थित हुने गरेका छन् । कतिपय मन्त्रीले लोगोसमेत नलगाई बैठकमा सहभागी हुने गरेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री