काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरको एसपी गौतम मिश्रले जानकारी दिए।
‘दुर्घटनामा ४० वर्षीया जेनिषा लामाको मृत्यु भएको छ,’ उनले नेपालखबरसँग भने, ‘घाइते सबैलाई उपचारको लागि अस्पतालमा लगिएको छ।’बिहीबार बिहान साढे १० बजेतिर भक्तपुरबाट कलंकीतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटना लगत्तै प्रहरीले घाइतेको उद्धार गरेको छ। घाइते ९ जनालाई उपचारको लागि बीएन्डबी अस्पताल ग्वार्को र ७ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
पत्रकार पक्राउको विरोधमा आज माइतीघरमा धर्ना
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
भारतीय विदेश सचिव आज नेपाल आउँदै
फोक्सुन्डो जाने क्रममा हिमपातमा फसे ६ भारतीय पर्यटक
भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु