काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न लक्षित उपायका रूपमा ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याइएको बताएकी छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले ‘ब्लु बस’ सेवा महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्नबाट रोक्ने वा नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन गर्ने उद्देश्यले सञ्चालन नगरिएको स्पष्ट पारिन् ।
उनले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा आवागमनका व्यवहारिक कठिनाइलाई सम्बोधन गर्न उक्त सेवा ल्याइएको बताइन् ।
मन्त्री बादीले सरकारले लैङ्गिक असमानता बढाउने नभई महिलाले सार्वजनिक यातायातमा भोगिरहेका विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आवश्यकतामा आधारित भएर ‘ब्लु बस’ सेवा सञ्चालन गरेको बताइन् ।
उनले भनिन्, ‘सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनसम्बन्धी व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लु बस सेवा अगाडि बढाइएको हो ।
यस सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्ने कुरामा रोक लगाउँदैन र नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन पनि गर्दैन ।’
उनले ‘ब्लु बस’ सेवा लैङ्गिक असमानतातर्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने उपाय भएको बताइन् ।
‘सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग–अलग यात्रा गराउनु होइन । महिला र पुरुषले एउटै सार्वजनिक बसमा सम्मानजनक, सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको मुख्य लक्ष्य हो,’ उनले भनिन् ।
मन्त्री बादीले महिलाले सार्वजनिक बसमा भोगिरहेका जोखिम र दुर्व्यवहारलाई तत्काल सम्बोधन गर्नु सरकारको जिम्मेवारी भएको बताइन् ।
उनले सार्वजनिक यातायात प्रणाली सुधार गर्ने विषयमा सरकार गम्भीरताका साथ काम गरिरहेको समेत बताइन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी