काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट फिर्ता लिन आग्रह गरेका छन्।
डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै वर्तमान आर्थिक तथा सामाजिक अवस्थालाई दृष्टिगत गर्दा स्मारक निर्माणभन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र जनजीविकासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सरकारी लगानी केन्द्रित गर्नुपर्ने बताएका छन्।
उनले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता बीपी कोइरालाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै उहाँको योगदानलाई स्मारक निर्माणभन्दा पनि विचार, आदर्श र राजनीतिक दर्शनको व्यवहारिक कार्यान्वयनमार्फत सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
पत्रमा बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र मानव विकासका अवधारणालाई व्यवहारमा उतार्नु नै उहाँप्रतिको वास्तविक श्रद्धाञ्जली हुने उल्लेख गरिएको छ।
डा. कोइरालाले मुलुक आर्थिक चुनौतीसँग जुधिरहेको अवस्थामा सार्वजनिक स्रोत–साधनको अधिकतम उपयोग नागरिकको प्रत्यक्ष हित हुने क्षेत्रमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै बीपी स्मारक निर्माणका लागि छुट्याइएको २ करोड रुपैयाँको बजेट पुनर्विचार गरी फिर्ता लिन सरकारसँग अनुरोध गरेका छन्।
उनले बीपी कोइरालाको स्मृति र योगदानलाई चिरस्थायी बनाउन भौतिक संरचनाभन्दा उहाँले देखाएको मार्गलाई व्यवहारमा उतार्नु नै सबैभन्दा प्रभावकारी उपाय हुने बताएका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री