काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र युरोपेली युनियनकी राजदूत महामहिम भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा युरोपेली युनियनको सहयोगमा नेपालमा सञ्चालन भइरहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विभिन्न परियोजनाको समीक्षा गरिएको छ।
साथै नेपालको विपद् व्यवस्थापन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा विपद् जोखिम हस्तान्तरणका विषयमा छलफल भएको छ।
कार्यकारी प्रमुख डा. उप्रेतीले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा युरोपेली युनियनले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका क्षेत्रमा नेपाल र युरोपेली युनियनबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बढ्दै गएको हिमताल विस्फोटलगायतका जोखिमको वैज्ञानिक अध्ययन तथा आकलनमा सहयोग गर्ने बताउनुभयो।
उहाँले विपद्को जोखिममा रहेका समुदायको सुरक्षाका लागि विज्ञान तथा प्रविधिको प्रभावकारी उपयोग र विपद् जोखिम न्यूनीकरणको संस्थागत क्षमता विकासमा युरोपेली युनियनको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटवार्ताले जलवायु परिवर्तनबाट सिर्जित बढ्दो विपद् जोखिमको सामना गर्न नेपाल र युरोपेली युनियनबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द