सुर्खेतमा वामपन्थी दलहरूको भूमिकाबारे विचार गोष्ठी हुँदै

सुर्खेत। ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ।

गोष्ठीमा कमरेड देवप्रसाद गुरुङको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ। कार्यक्रममा वर्तमान राजनीतिक परिस्थिति, वामपन्थी दलहरूको भूमिका तथा आगामी राजनीतिक दिशाबारे छलफल तथा विचार–विमर्श हुने बताइएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, जनसंगठनका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवं सदस्य, जिल्ला तथा पालिका तहका सदस्यहरूका साथै वामपन्थी स्वतन्त्र नेता, शुभेच्छुक तथा शुभचिन्तकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकले सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित भई विचार तथा सुझाव राख्न हार्दिक अनुरोध गरेको छ।

पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रमले नेपालको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिबीचको सहकार्य, भूमिका र आगामी कार्यदिशाबारे बहसका लागि महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ