चक्रपथको किनारमा
एक खबरबेत्ता बन्दि बनाएर
सिंहदरवार चैनको निद्रामा परिरहेछ !
बागीहरूका
मुखमा भोटेताल्छा ठोकेर
निद्रामा परेकाहरू
बागी खवरसंग
काम्दै थुन्छन् कलमहरूलाई !
चक्रपथको छेउमा
एक कालो कोठरीमा
खोजखवरका एक निडर किशोरलाई
बाधेर मुखमा पट्टि
ठमेलतिर मध्यरातमा भोज खाइरहेछ !
तर,
सत्य मतहरू फलामका बारहरूसंग
नझुक्छन्, न तिनका स्वरहरू सुक्छन्
त्यी त झन भरभराउदो
आगो बनेर, झन खारिएर स्पात पो बन्छन् !









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण