सुर्खेत। ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ।
नेकपाको आयोजनामा सम्पन्न गोष्ठीको अध्यक्षता नेकपा केन्द्रीय सदस्य एवं प्रदेश इन्चार्ज कमरेड चन्द्रबहादुर शाहीले गरेका थिए।
कार्यक्रममा नेकपा केन्द्रीय कार्यसंयोजन समिति सदस्य कमरेड देव गुरुङ प्रमुख अतिथि तथा नेकपा केन्द्रीय कार्यसंयोजन समिति सदस्य एवं पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडा विशेष अतिथिका रूपमा सहभागी थिए।

त्यस्तै, नेकपा केन्द्रीय सदस्य एवं प्रदेश संयोजक विमला केसीसहित केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेशसभा सदस्यहरूको आतिथ्यता रहेको थियो।
गोष्ठीमा नेकपा एमालेका कुलमणि देवकोटा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका निरज केसी, राष्ट्रिय जनमाेर्चाका पूर्णबहादुर शाही तथा नेकपा माओवादीका गणेश बोगटीले वक्ताका रूपमा धारणा राखेका थिए।
कार्यक्रममा वक्ता तथा अतिथिहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता र वाम एकता अपरिहार्य रहेकोमा जोड दिएका थिए। उनीहरूले कम्युनिष्ट पार्टीहरू शक्ति र सत्तामा पुगेपछि श्रमजीवी तथा सर्वहारा वर्गको वर्गसंघर्ष र मुद्दालाई बिर्सिएको भन्दै त्यसतर्फ गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखेका थिए।
वक्ताहरूले विगतमा गरिएको पार्टी एकताको समेत गम्भीर समीक्षा गर्दै विगतका कमजोरीबाट पाठ सिकेर वामपन्थी शक्तिहरूबीच एकता, सहकार्य र कार्यगत एकतालाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने बताएका थिए।

गोष्ठीमा सहभागी वक्ताहरूले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ बनाउन विचार, नीति, संगठन र वर्गीय मुद्दालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा समेत जोड दिएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य वसन्तकुमार विश्वकर्माले दिएका थिए भने सञ्चालन जितबहादुर रानाले गरेका थिए।
आयोजकले विचार गोष्ठीमा उपस्थित सम्पूर्ण महानुभाव तथा कमरेडहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता