काठमाडौं । नेपालको वामपन्थी आन्दोलनको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे केन्द्रित ‘अब के गर्ने ? राष्ट्रिय बहस !’ काठमाडौंमा सुरु भएको छ।
समाजवाद अध्ययन केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले नेता कर्णबहादुर थापा, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपाका सांसद गणेश विश्वकर्मा लगायतका नेताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालको वामपन्थी आन्दोलनले पछिल्लो समय सामना गरिरहेका राजनीतिक, वैचारिक र संगठनात्मक चुनौती तथा आगामी दिनमा लिनुपर्ने बाटोबारे बहस भएको थियो।
वक्ताहरूले बदलिँदो राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूले आफ्ना विगतका अनुभव, उपलब्धि र कमजोरीको समीक्षा गर्दै नयाँ राजनीतिक कार्यदिशा निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
त्यस्तै, जनतासँग वामपन्थी आन्दोलनको सम्बन्ध कमजोर हुँदै गएको अवस्थाप्रति गम्भीर समीक्षा गर्नुपर्ने, सामाजिक न्याय, आर्थिक समानता र उत्पादनमुखी अर्थतन्त्रका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा सहभागी नेताहरूले वामपन्थी आन्दोलनलाई प्रभावकारी बनाउन विचार, संगठन र नेतृत्वको भूमिकामाथि समेत चर्चा गरेका थिए।
पछिल्लो राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच सहकार्य, एकता र साझा एजेन्डाबारे बहस आवश्यक रहेको विषय पनि कार्यक्रममा उठाइएको थियो।
‘अब के गर्ने ?’ भन्ने मूल प्रश्नसहित आयोजना गरिएको बहसले नेपालको वामपन्थी आन्दोलनको आगामी दिशा र सम्भावनाबारे राष्ट्रियस्तरमा थप बहसको आवश्यकता औँल्याएको छ।
कार्यक्रममा समाजवाद, वामपन्थी राजनीति र नेपालको समकालीन राजनीतिक अवस्थाबारे चासो राख्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री