पत्रकारसँग सहकार्य गर्दै अघि बढ्ने मन्त्री मल्लको प्रतिबद्धता

धनगढी । आम पत्रकारका लागि सूचनामा सहज र निर्बाध पहुँच महत्वपूर्ण विषय हो। यही विषयलाई ध्यानमा राख्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री माननीय चक्र मल्लले धनगढीमा उपलब्ध पत्रकारहरूसँग सामूहिक छलफल गरेका छन्।

छलफलका क्रममा मन्त्री मल्लले सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने र पत्रकारलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पत्रकारहरूसँगको छलफल र सञ्चार क्षेत्रसँग सहकार्य गर्ने मन्त्री मल्लको प्रयासलाई सञ्चारमैत्री सरकार निर्माणतर्फको सकारात्मक कदमका रूपमा लिइएको छ।

सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सूचना प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्नेमा जोड दिइएको छ।

सञ्चार क्षेत्रसँगको सहकार्यले सुदूरपश्चिमलाई अझ राम्रो, समृद्ध र सुशासित प्रदेश निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ