काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई समर्थन गर्दा आफू राष्ट्रपति बन्न खोजेको भन्ने टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।
गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको स्पष्ट पारे। उनले नेपालको वर्तमान व्यवस्थामा राष्ट्रपतिको भूमिका ‘खोपीको देउता’ जस्तो रहेको टिप्पणी गरे।
‘राजनीतिमा नयाँ पुस्ताको कुरा गर्दा र समर्थन गर्दा बाबुराम फेरि नयाँतिर लाग्यो, राष्ट्रपति हुन खोजेको हो भन्ने कुरा गर्छन्,’ उनले भने, ‘अहिलेको प्रणालीमा राष्ट्रपति त खोपीको देउताजस्तो हो।’
भट्टराईले आफूलाई राष्ट्रपतिको पदप्रति कुनै लोभ नभएको दाबी गरे। आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उल्लेख गर्दै उनले कार्यकारी प्रधानमन्त्री भइसकेको व्यक्तिले राष्ट्रपतिको पदमा लोभ गर्नुपर्ने कारण नरहेको बताए।
‘म त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पक्षको मानिस हुँ। राष्ट्रपतिमा लोभ गर्ने कुरा पनि होइन,’ उनले भने, ‘कार्यकारी प्रधानमन्त्री भइसकेको मान्छेले राष्ट्रपतिमा लोभ गर्ने कुरा हुँदैन।’
उनले आफूले कुनै पद प्राप्तिका लागि नभई राजनीतिक विचारका आधारमा धारणा राख्ने गरेको बताए। आफ्नो विचारअनुसार राजनीतिक बहस अघि बढाउँदा त्यसलाई पदको आकांक्षासँग जोड्न नहुने उनको भनाइ छ।
‘मैले त विचार दिने हो। मैले विचार दिएका आधारमा पद खोज्यो भन्छन्,’ भट्टराईले भने, ‘यसबाट माथि उठ्नुपर्यो। कुनै पनि विषयमा विचार दिँदैमा त्यसबारे पद खोजेको हुँदैन भन्ने बुझ्नुपर्छ।’








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री