धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको बताएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै उनले अबको एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका हुन्।
मुख्यमन्त्री भट्टका अनुसार सत्ता साझेदार दलहरूबीच आन्तरिक छलफल अन्तिम चरणमा पुगेको छ। दलहरूले मन्त्रीका लागि नाम टुंगो लगाएलगत्तै नयाँ मन्त्रीहरूको नियुक्ति तथा मन्त्रालयको कार्यविभाजन गरिनेछ।
हाल मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफैँ सम्हालिरहेका छन्।
सरकारले नेकपाभित्रका साबिक नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेको छ। त्यस्तै, दुई जना राज्यमन्त्री नियुक्त गर्ने तयारीसमेत रहेको छ।
यसअघि साउन २९ गते मुख्यमन्त्री भट्टसँगै सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र अर्थ राज्यमन्त्री जानकी ऐर बमले शपथ लिएका थिए।
मन्त्रालयको जिम्मेवारी बाँडफाँटमा सत्ता साझेदार दलहरूबीच सहमति जुटेपछि प्रदेश सरकारले पूर्ण आकार लिनेछ। मुख्यमन्त्री भट्टले एक–दुई दिनभित्रै मन्त्रीहरूको नाम टुंगो लाग्ने र त्यसपछि नियुक्ति प्रक्रिया अघि बढ्ने बताएका छन्।
मन्त्रिपरिषद् विस्तारसँगै लामो समयदेखि रिक्त रहेका मन्त्रालयले नेतृत्व पाउने र प्रदेश सरकारका कामकारबाही थप प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी