काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या र गुनासा प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरसमक्ष दर्ता गराइएको छ।
नेपाल महिला एकता समाजको पहलमा आज बिहिवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा नागरिकका गुनासा तथा मागहरू दर्ता गराइएको हो।
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका तर्फबाट संकलन गरिएका गुनासामा भूमि अधिकार, सुरक्षित आवास तथा राज्यबाट उचित व्यवस्थापन हुनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको जनाइएको छ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या लामो समयदेखि समाधान हुन नसकेको भन्दै उनीहरूले स्थायी समाधानका लागि राज्यको स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
नेपाल महिला एकता समाजले नागरिकका गुनासा सम्बन्धित निकायसम्म पुर्याउने र समस्या समाधानका लागि आवश्यक पहल गर्न जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु