बारा । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साकी दुई वर्षीया विन्दी मण्डल हराएको करिब १२ घण्टापछि सकुशल फेला परेकी छन्।
शनिबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेका बेला हराएकी विन्दीलाई आइतबार बिहान करिब ५ बजे कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरमा स्थानीयले फेला पारेका हुन्।
सडक किनारमा रोइरहेको अवस्थामा बालिकालाई देखेपछि स्थानीय सल्मा नेशाले प्रहरीलाई खबर गरेकी थिइन्। बालिका आफ्नो घरबाट करिब एक किलोमिटर उत्तरतर्फ फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। आवश्यक प्रक्रिया पूरा गरी उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बालिका कसरी घरबाट त्यहाँसम्म पुगिन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द