धनुषा । कमला सामुदायिक उत्पादन केन्द्रमा उत्पादन केन्द्र निर्माणको काम धमाधम भइरहेको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको पहलमा निर्माण भइरहेको उक्त केन्द्रलाई सामूहिक उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको अभ्याससँग जोडिएको बताइएको छ।

पार्टीले अघि सारेको ‘सार्वभौम उत्पादन प्रणाली’ अन्तर्गत सामूहिक उत्पादनलाई प्राथमिकता दिँदै आएको छ। सोही अवधारणाअनुसार उत्पादन केन्द्र स्थापना गरी स्थानीय स्रोत, श्रम र सीपलाई उत्पादनसँग जोड्ने उद्देश्य राखिएको जनाइएको छ।

निर्माणाधीन कमला सामुदायिक उत्पादन केन्द्र सञ्चालनमा आएपछि स्थानीयस्तरमा सामूहिक उत्पादन, रोजगारी सिर्जना तथा आत्मनिर्भर आर्थिक प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उत्पादनमुखी समाज निर्माणको लक्ष्यसहित वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले विभिन्न क्षेत्रमा सामूहिक उत्पादन र श्रममा आधारित अभियान सञ्चालन गर्दै आएको छ।

कमला सामुदायिक उत्पादन केन्द्र पनि सोही अभियानअन्तर्गतको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द