जनकपुरधाम । मुक्त हरवाचरवाको पहिचान, अधिकार र दिगो पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा सुरु भएको अनिश्चितकालीन धर्नाप्रति विभिन्न दलित अधिकार तथा नागरिक संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्।
“पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो अधिकार” भन्ने नारासहित मुक्त हरवाचरवा संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना सुरु गरेको हो।
आन्दोलनकारीले हरवाचरवाको लगत संकलन तथा प्रमाणीकरण, परिचयपत्र वितरण, भूमिहीन परिवारको पहिचान, सुरक्षित आवास, सामाजिक सुरक्षा र आर्थिक पुनर्स्थापनाको माग गरेका छन्।
राष्ट्रिय दलित नेटवर्क नेपाल, जनचेतना दलित संगम, श्रीपुर्राज सामुदायिक विकास केन्द्र, दलित जनकल्याण युवा क्लब र सामुदायिक सुधार केन्द्रलगायत संस्थाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नागरिक समाज तथा मानव अधिकारकर्मीलाई साथ दिन आह्वान गरेका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द