काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका छन्। बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार सम्पर्कविहीन हुनेमा ११ जना स्थायी र तीन जना करार सेवाका कर्मचारी रहेका छन्।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी भने सम्पर्कमा आएका छन्। कार्यालयमा कार्यरत अन्य करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जनासँग पनि सम्पर्क स्थापित भएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन कर्मचारीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द