काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइएको बताएका छन्।
प्रभावित नागरिक, जनप्रतिनिधि तथा उद्धारमा खटिएका सुरक्षाकर्मीसँग जानकारी लिएपछि प्रधानमन्त्री साहले अवस्था चुनौतीपूर्ण रहेको बताए। उनका अनुसार नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा छ।
खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। बुधबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको र स्थलमार्गबाट समेत उद्धार जारी रहेको जनाइएको छ।
रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अस्थायी आवासको व्यवस्था गर्ने काम पनि भइरहेको छ। तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको सरकारले जनाएको छ।
यसैबीच स्वास्थ्य सेवा, खाद्यान्न, खानेपानी, सञ्चार, विद्युत् तथा सडक पूर्वाधार पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको छ। प्रभावित क्षेत्रमा बन्द भएका दूरसञ्चार टावर सञ्चालन गर्न प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरिएको छ।
प्रधानमन्त्री साहले उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर परिचालन हुने बताएका छन्। नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान सरकारले आग्रह गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द