काठमाडौँ । भोटेकोशी बाढी र लगातारको वर्षासँगै खसेका पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरीका अनुसार पृथ्वीराजमार्ग, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, भेरी करिडोर, पासाङल्हामु र शहीद मार्गलगायतका सडकमा यातायात प्रभावित भएको छ।
पृथ्वीराजमार्गको गल्छी–बैरेनी खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने जरिखेतमा थुप्रिएको माटो र ढुंगा हटाएर यातायात सुचारु गरिएको छ। मलेखु–गलौदी खण्डमा करिब ७ सय मिटर लेदो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ।
धादिङका ज्याङखोला, बिहानी पम्प, गलौदी, जहरेखेत, बाङ्गेमोड र बैरेनी क्षेत्रमा समेत लेदो तथा पहिरो पन्छाउने काम जारी छ। सडक खुलाउन सुरक्षाकर्मी तथा सडक विभागका टोली आवश्यक उपकरणसहित परिचालित छन्।








आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द