काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीको प्रभाव भारतको सीमावर्ती क्षेत्रमा समेत देखिएको छ। भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेशका महराजगञ्ज र कुशीनगर क्षेत्रमा नारायणी (गण्डक) नदीबाट सातवटा शव फेला परेका छन्।
महराजगञ्जमा चार र कुशीनगरमा तीन शव भेटिएका हुन्। फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुषका रहेको जनाइएको छ।
नेपालमा आएको बाढीका क्रममा नदीमा बगेका शव तीव्र बहावसँगै भारत पुगेको हुनसक्ने आशंका गरिएको छ। सशस्त्र सीमा बल (एसएसबी) को टोलीले नदीमा निगरानी गर्ने क्रममा शव बगिरहेको देखेपछि मोटरबोटको सहयोगमा बाहिर निकालेको बताइएको छ।
बरामद शवलाई सम्बन्धित जिल्ला मुख्यालयमा पठाइएको छ। हालसम्म मृतकको पहिचान भने खुल्न सकेको छैन।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द