काठमाडौँ । रसुवाको टिमुरेमा आएको विनाशकारी बाढीबाट माछापुच्छ्रे बैंकका अपरेसन इन्चार्ज वासुदेव आचार्य ज्यान जोगाउन सफल भएका छन्। तर, उनीसँगै टिमुरे शाखामा कार्यरत पाँच कर्मचारी भने अझै सम्पर्कविहीन छन्।
भदौ १० गते बिहान करिब पौने ९ बजे कोठामा अचानक कम्पन भएपछि भूकम्प आएको ठानेर आचार्य बाहिर निस्किएका थिए। त्यसै क्रममा माथिबाट ठूलो भेल आएको देखेपछि उनी ज्यान जोगाउन माथितिर भागेका थिए।
बाढीको छालले हुत्याएर कान्लामा पुर्याए पनि नलडेका कारण माथि उक्लिन सकेको उनले बताएका छन्। करिब डेढ घण्टा हिँडेर सुरक्षित स्थान पुगेका आचार्यलाई नेपाली सेनाको हेलिकप्टरले दिउँसो धुन्चे पुर्याएको थियो।
पछि थप उपचारका लागि काठमाडौँ ल्याइएका आचार्यको ट्रमा सेन्टरमा उपचार गरिएको थियो। टाउकामा दुई टाँका लगाइएको र बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएको उनले जानकारी दिए।
आचार्यका अनुसार शाखा प्रबन्धक भीमप्रसाद मैजु, कर्मचारी अनुज नेपाल र सविन महर्जन, मेसेन्जर पुनम ठाकुर तथा सुरक्षा गार्ड मिङमार तामाङ अझै सम्पर्कविहीन छन्।
बैंकको टिमुरे शाखा रहेको भवन खोलाबाट करिब १०० मिटरको दूरीमा रहेको थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
ज्येष्ठ नागरिकको अनुभव अभिलेख गर्न ‘अनुभव बैंक’ बनाउँदै सरकार
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको खोजी, सात दिनभित्र विवरण बुझाउन निर्देशन