काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज (शनिबार) बिहानैदेखि हल्का वर्षा भइरहेको छ। बिहानैदेखि परेको वर्षाले उपत्यकाको जनजीवन प्रभावित भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले भइरहेको वर्षा केही समयपछि क्रमशः कम हुँदै जाने सम्भावना छ। तर दिउँसो पुनः वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसमविद् महर्जनका अनुसार दिउँसो १/२ बजेपछि काठमाडौँ उपत्यकामा फेरि पानी पर्ने सम्भावना रहेको छ। आज उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने उनको भनाइ छ।
देशभरको मौसमको विस्तृत अवस्था तथा पूर्वानुमान भने मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजेपछि सार्वजनिक गर्ने जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द