काठमाडौं । लामाे समयदेखि अमेरिकामा बसोबास गर्दै आएका दिलीप कुमार नेपालीले रसुवामा आएको भीषण बाढीको खबरले आफूलाई गहिरो पीडा दिएको बताएका छन्।
नेपालबाट अमेरिका फर्किएकै दिन रसुवाको बाढीको समाचार देख्दा आफूलाई रातभर निद्रा नलागेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
मोबाइल हेर्दाहेर्दै बाढीको समाचार र सामाजिक सञ्जालमा फैलिएका विध्वंसका दृश्यहरू देख्दा मन असह्य रूपमा भारी भएको उनले उल्लेख गरेका छन्।
‘मनमा एउटै कुरा खेलिरह्यो-नेपालमै भएको भए उद्धार र सहयोगमा केही गर्न सक्थेँ कि१’ उनले लेखेका छन्।
विदेशमा बसे पनि आफ्नो देशमा विपत्ति पर्दा मन सँगसँगै दुख्ने भन्दै उनले यस्ता बेला विदेशमा रहेका धेरै नेपालीले पनि यस्तै छटपटी महसुस गर्ने बताएका छन्।
बाढीको खबरपछि आफूले दुःख, समवेदना र उद्धारका लागि सबैलाई जुट्न आग्रह गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको उनले बताएका छन्।
हाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, राजनीतिक दलदेखि आम नागरिकसम्म विपत्तिको समयमा एकजुट भएर उद्धारमा जुटेको देख्दा भने आफूमा आशा जागेको उनले उल्लेख गरेका छन्।
‘यही एकता नै हाम्रो शक्ति हो,’ उनले भनेका छन्।
उद्धार कार्यपछि अब राहत र पुनर्निर्माणको ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै उनले देशलाई अप्ठ्यारो परेको बेला सबै नेपालीले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने धारणा राखेका छन्।
मातृभूमिप्रतिको ऋण कहिल्यै पूर्ण रूपमा तिर्न नसकिने भए पनि देशलाई आवश्यक परेको बेला साथ दिनु सबैको कर्तव्य भएको उनको भनाइ छ।
‘जहाँ भए पनि मनमा नेपाल छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाली दम्पतीले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग समेत गरेका छन् ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु