काठमाडौँ । रसुवाको टिमुरेमा ६ वर्षीया बालिकालाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।
गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढीले थुपारेको ढुंगा र काठभित्र पुरिएकी बालिकालाई सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीले शुक्रबार साँझ सकुशल बाहिर निकालेको हो।
सशस्त्र प्रहरीका अनुसार बालिका टिमुरे बोर्डर आउटपोस्टबाट करिब दुई सय मिटरको दूरीमा भेटिएकी थिइन्। उद्धार गरिएकी बालिकाको नाम मनिषा मगर रहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उद्धारपछि उनलाई तत्काल प्राथमिक उपचार गरी सुरक्षित स्थानमा राखिएको थियो। शनिबार थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढीसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि बेपत्ता भएकाको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द