काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोशीको बाढीले पुरिएको एक घरबाट २३ जनाको शव फेला परेको छ।
खोज तथा उद्धारका क्रममा मंगलबार एउटै घरको एक कोठाबाट २१ वटा शव निकालिएको र घरको बाहिरी भागबाट थप दुई शव भेटिएको उद्धारमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।
गत बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले उक्त तीनतले घर पुरेको थियो। बाढीबाट बच्न घरको माथिल्लो तलामा पुगेका मानिसहरू समेत बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
फेला परेका शवहरूको हालसम्म पहिचान हुन सकेको छैन। उनीहरूमध्ये केही तीर्थयात्री हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ।








आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द