काठमाडौं । भोटेकोशी बाढी प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले महिला पुनःस्थापना केन्द्र (ओरेक) सहितको संयुक्त टोली राहत सामग्रीसहित सोमबार नुवाकोट पुगेको छ।
विपद्का कारण प्रभावित बनेका स्थानीय बासिन्दाका लागि आवश्यक राहत सामग्री लिएर ओरेकको टोली नुवाकोट पुगेको हो। टोलीले प्रभावित क्षेत्रका परिवारको अवस्था बुझ्नुका साथै स्थानीय प्रशासनको समन्वयमा आज मंगलबार विहानैदेखी आवश्यक सहयोग तथा राहत वितरण गरिरहेको टोलीमा संलग्न बिष्णु नेपालीले समताखबरसंग बताईन् ।
बाढीमा आफन्त गुमाएका,घर तथा सम्पत्तिमा क्षति पुगेका र दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई प्राथमिकतामा राखेर राहत उपलब्ध गराइने बताइएको छ ।
सोमबारै नुवाकोट पुगेर विदुर नगरपालिका वडा नं.१० गेर्खुटारको श्री सुन्दरी क्युरिनी मा.वि.को होल्डिङ सेन्टरमा बाढी प्रभावितहरुसंगै बास बसेको टोलीले हिजैदेखी प्रभावित समुदायसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको तत्कालीन आवश्यकता र समस्याबारे समेत जानकारी लिएको थियो । होल्डिङ सेन्टरमा रहेका महिला,किशोरीहरुको सेफ्टीका लागि सेनेटरी प्याड,ब्रा,पेन्टी लगाएका लत्ताकपडा,चप्पल,चामल र खानेकुराहरु उपलब्ध गराइएको बताइएको छ । विपद्पछि महिला, बालबालिका तथा जोखिममा रहेका समुदायलाई थप सहयोग आवश्यक पर्ने भएकाले सोहीअनुसार सहायता उपलब्ध गराइने बताइएको छ।
राहत वितरणसँगै प्रभावित क्षेत्रमा मनोसामाजिक समस्यामा परेकाहरुलाई मनोविमर्श सेवा दिइने र आवश्यक थप सहयोगका लागि स्थानीय सरोकारवाला निकायसँग समन्वय गर्ने टोलीले जनाएको छ।
टोलीमा ओरेक नेपालकी सुलोचना खनाल,तरङ्गिणी फाउन्डेसनकी विष्णु नेपाली,लुम नेपालकी सरिता दाहाल,शान्ती फाउन्डेसनकी शान्ती लामा र तरङ्गिणी फाउन्डेसनकी मनोविमर्शकर्ता निर्मला काफ्ले संलग्न रहेका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु