काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य थालेको छ।
धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरी पृथ्वीराजमार्ग अवरुद्ध भएपछि कर्पोरेशनको जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसक्ने अवस्था बनेको हो। त्यसपछि मनोज र बाबा ग्यासका प्लान्टमा एसटिसीका सिलिन्डर बोटलिङ गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।
कर्पोरेशनका अनुसार पहिलो चरणमा शुक्रबारसम्म निजी प्लान्टमा भरिएका सिलिन्डर काठमाडौं आइपुग्नेछन्। उपभोक्तालाई ग्यास अभाव हुन नदिन कुपन प्रणालीमार्फत वितरणलाई व्यवस्थित गरिएको छ।
यसैबीच कर्पोरेशनले छ महिनालाई पुग्ने गरी १ लाख २७ हजार ३६१ मेट्रिक टन आयोडिनयुक्त नुन मौज्दात रहेको जनाएको छ। बजारमा चिनीको मूल्य बढिरहेका बेला कर्पोरेशनले भने प्रतियिलो १०० रुपैयाँमा चिनी बिक्री गर्दै आएको छ। हालसम्म ३ हजार टन चिनी बजारमा पठाइसकिएको कर्पोरेशनले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द