काठमाडौं । समाज कल्याण परिषद्ले रसुवा बाढी प्रभावितलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउँदा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयता कायम गर्न सम्बन्धित संघसंस्थालाई आग्रह गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति भएपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था उद्धार, राहत र पुनःस्थापनामा सक्रिय छन्।
तर राहत वितरणका क्रममा पीडितका तस्बिर तथा श्रव्यदृश्य सामग्री उनीहरूको अनुमति बिना खिचेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको छ ।
परिषद्ले राहत वितरणसम्बन्धी आचारसंहिता पालना गर्दै पीडितको अनुमति बिना तस्बिर वा भिडियो नखिच्न र उनीहरूको पीडा थपिने गरी सामग्री सार्वजनिक नगर्न आग्रह गरेको छ।
त्यस्तै, मानवीय सहयोगका क्रममा धार्मिक, व्यावसायिक वा प्रचारात्मक उद्देश्य झल्किने लोगो, फोटो तथा अन्य सामग्री प्रयोग नगर्न पनि परिषद्ले सम्बन्धित सबैलाई अनुरोध गरेको छ। विपद्का बेला हुने सहयोग जिम्मेवार, संवेदनशील र मानवीय ढंगले गर्न परिषद्को आग्रह छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द