दार्चुला । अपिहिमाल गाउँपालिका–१ भट्टारमा गएको पहिरोले चमेलिया नदीको बहाव अवरुद्ध भएको छ। शुक्रबार खसेको पहिरोका कारण नदी करिब आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
पहिरो खस्ने क्रम नरोकिएकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ। त्यसबाट तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रशासनले नदी आसपास बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई जोखिम कम गर्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द