काठमाडौं । आज मंगलबार जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । सो अवसरमा पहिलो जेनजी सहिद दिवस मनाइँदै छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ।
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेन जी आन्दोलन छोटो समयमै व्यापक राजनीतिक असन्तुष्टिको आन्दोलनमा परिणत भएको थियो। भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवामा असमानता तथा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि आन्दोलनका प्रमुख मुद्दा बनेका थिए।
आन्दोलनले तत्कालीन सरकार विघटन हुँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएको थियो।
एक वर्षअघि यही दिन परिवर्तनको मागसहित हजारौं युवा सडकमा उत्रिएका थिए। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिँदैछ।
जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ पुस्ताको सक्रियता र उनीहरूका अपेक्षालाई बलियोसँग स्थापित गरेको थियो। सहिद दिवसलाई आन्दोलनमा ज्यान गुमाएकाको सम्मानसँगै उनीहरूले उठाएका परिवर्तन, सुशासन र जवाफदेहिताका सवालप्रति प्रतिबद्धता दोहोर्याउने दिनका रूपमा लिइएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री